Logo
Logo

देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव


630
Shares

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

The current image has no alternative text. The file name is: cloud.jpg

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । कोशी, गण्डकी, लुम्बिनी प्रदेशको केही स्थानहरूमा तथा बागमती प्रदेशको एक-दुई स्थानमा मध्यम सम्मको वर्षा/हिमपात भइरहेको छ  ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी  भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू९भागका थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा  तातो दिन हुने सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्