Logo
Logo

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेटमा स्वर्ण


0
Shares

काठमाडौं । भारतले एसियाली खेलकुद २०२६ अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक जितेको छ ।जापानको निसिनस्थित कोरोगी खेलकुद पार्कमा शनिवार भएको फाइनलमा भारतले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण जितेको हो ।

The current image has no alternative text. The file name is: india-1.jpg

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो । भारतका लागि अभिषेक शर्माले २८ बलमा ६१ रन बनाए भने तिलक वर्माले २२ बलमा अविजित ५१ रन जोडेका थिए । त्यस्तै शिवम दुबेले १५ बलमा २७ रन बनाए ।

२१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले जवाफी ब्याटिङमा सङ्घर्ष गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९२ रन बनाएको थियो ।  पाकिस्तानका लागि हसन नवाजले ९६ रन बनाएका थिए ।  

भारतले खेल आफ्नो पक्षमा पार्दै पुरुष क्रिकेटको स्वर्ण पदक हात पारेको हो । यो भारतको एसियाली खेलकुद पुरुष क्रिकेटमा लगातार दोस्रो स्वर्ण हो। भारतले अघिल्लो हाङझाउ एसियाली खेलकुदमा पनि स्वर्ण जितेको थियो । 

त्यस्तै पाकिस्तानले हारसँगै एशियाली खेलकुदमा रजत पदक जितेको छ ।  यस प्रतियोगितामा श्रीलङ्काले बङ्गलादेशलाई हराउँदै कांस्य पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्