
काठमाडौं । सरकारले सशस्त्र प्रहरीको आईजीमा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रको आईजीमा एआईजी नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले यसबारे जानकारी दिएका हुन् ।











