Logo
Logo

त्रिवि परिसरमा संयुक्त विद्यार्थी आन्दोलनको मार्चपास


126
Shares

काठमाडौं । संयुक्त विद्यार्थी आन्दोलनले विभिन्न राजनीतिक विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीको विरोधमा त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास गरेको छ ।

त्रिभुवन विश्वविद्यालय घण्टाघरदेखि टीयु गेटसम्म मार्चपास गर्दै विद्यार्थीहरूले सरकारी कदमको विरोध गरेका हुन् । उनीहरूको विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने निर्णय संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुनुका साथै नागरिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप भएको बताएका छन् । उनीहरूले सरकारलाई सो कदमबाट पछि हट्न चेतावनी दिएका छन् ।

यसैबीच आन्दोलनरत विद्यार्थीहरूले अन्य मागहरू पनि अघि सारेका छन् । उनीहरूले बढ्दो महँगी नियन्त्रण गर्न, शैक्षिक संस्थाहरूलाई ब्यारेकीकरण गर्ने अभ्यास बन्द गर्न तथा मेरिटोक्रेसी (योग्यता प्रणाली) लागू गर्न आग्रह गरेका छन् । 

त्यस्तै, विद्यार्थीलाई यातायातमा दिइँदै आएको ४५ प्रतिशत भाडा छुटलाई यथावत् कायम गर्न र विद्यार्थी सङ्गठनमाथि लगाउन खोजिएको प्रतिबन्धसँगै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने निर्णय फिर्ता लिन पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्