
काठमाडौं । प्रोफेसनल होल्डिङ्स लिमिटेड (साबिक प्रोफेसनल एजुकेटर्स लिमिटेड)को २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत चैत २८ गते ग्लोबल कलेज, बानेश्वरमा सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितका वार्षिक विवरणहरू पारित गर्यो ।
साधारणसभाले कम्पनीको लेखा परीक्षण गर्नका लागि एनबिएसएम एन्ड एसोसिएट्स चार्टर्ड अकाउन्टेन्ट फर्मलाई लेखापरीक्षकमा नियुिक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।
सभाले सेयरधनीहरूका लागि हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बोनस सेयर र सो बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि २.६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ । बोनस सेयर जारीपश्चात् कम्पनीको जारी तथा चुक्ता पुँजीमा हुने वृद्धिलाई समेत सभाले अनुमोदन गरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी, कम्पनीको जारी पुँजीको निश्चित प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने र सो सम्बन्धमा आवश्यक सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रियाहरू पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरिएको छ ।
साथै, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यहरूमा खर्च गर्ने गरी अनुदान प्रदान गर्नेलगायत अन्य विविध सामान्य तथा विशेष प्रस्तावहरूसमेत सभाद्वारा परित भएको छ ।
सो अवसरमा कम्पनीको सहायक कम्पनी युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडले पनि सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।











