काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव निर्मल ढकाल नियुक्त भएका छन्।

सोमबार अर्थ मन्त्रालयले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो। ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए।
यअसघिका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएएको थियो। त्यससँगै विभागमा महानिर्देशक पद रिक्त रहेको थियो।











