Logo
Logo

चुनाव हारेपछि आज पहिलोपटक सर्लाही जाँदै गगन


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आज सर्लाही जाँदै छन् । निर्वाचन हारेपछि थापा आज पहिलोपटक सर्लाही जान लागेका हुन् ।

गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थापा सर्लाही ४ मा उम्मेदवार बनेका थापा रास्वपाका अमरेश सिंहसँग पराजित भएका थिए ।

चुनावमा भएको पराजयपछि आज पहिलोपटक सभापति थापा सर्लाही आउन लागेको कांग्रेस सर्लाहीका युवा नेता रघु कार्कीले जानकारी दिए । उनका अनुसार मतदातालाई धन्यवाद ज्ञापन गर्न र कांग्रेसले सञ्चालन गरेको जरा अभियानका कार्यक्रममा सहभागी हुन उनी त्यस क्षेत्र जान लागेका हुन् ।

कांग्रेसको प्रदेशस्तरी निर्वाचन समीक्षा कार्यक्रमका लागि सभापति थापा गएको चैत २५ गते जनकपुर गए पनि सर्लाही नगइ काठमाडौँ फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्