Logo
Logo

स्थानीय तहका उम्मेदवार छनोटका लागि रास्वपाले माग्यो सुझाव


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटको रुपरेखा तयार पार्न आधिकारिक रूपमा सुझाव माग गरेको हो ।

उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी र योग्यतामा आधारित बनाउन भनदै रास्वपाले सबै निर्वाचन क्षेत्र समितिहरूबाट उम्मेदवार छनोटको रूपरेखा निर्माणका लागि सुझाव मागेको हो ।

रास्वपाको वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले सह–महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्याण्डिडेट क्लब सम्पादन समिति’ गठन गरेको थियो । सोही समितिको वैशाख १४ गते बसेको बैठकले देशभरका निर्वाचन क्षेत्र समितिहरूबाट सुझाव सङ्कलन गर्ने निर्णय गरेको सचिव आरके ढुङ्गानाद्वारा जारी पत्रमा उल्लेख छ ।

पार्टीले सबै निर्वाचन क्षेत्र समितिहरूलाई आफ्नो समितिमा गहन छलफल गरी व्यवहारिक, वस्तुनिष्ठ र कार्यान्वयन योग्य सुझावहरू तयार पार्न निर्देशन दिएको छ ।

संघीय निर्वाचनको अनुभव र सिकाइका आधारमा आगामी स्थानीय निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियालाई अझ बढी वैज्ञानिक, विश्वसनीय र जनमुखी बनाउने रास्वपाको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्