Logo
Logo

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध


504
Shares

file photo

काठमाडौं । पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ । हिउँदे वर्षाका कारण मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले पानी परिरहेका कारण सो क्षेत्रमा पहिरो जाँदा सवारीसाधन सञ्चालन हुन नसकेको जानकारी दिए ।

पहिरो तत्काल खुलाउन पहल भइरहे पनि वर्षाले प्रभावित भएको कारण पहिरो खुलाउन समय लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्