Logo
Logo

सरकारले संविधानको उपहास गर्यो : विष्णु पौडेल


378
Shares

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मार्गदर्शन विपरित रहेको बताएका छन् ।

सरकारका पछिल्ला कामकारबाहीले जनतामा निराशा पैदा गरेको भन्दै उनले एमालेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् । बुधवार २७औं यदु स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उपाध्यक्ष पौडेलले ट्रेड युनियन अधिकार र विद्यार्थीको सङ्गठित हुन पाउने अधिकारमाथि सरकारले प्रहार गरिरहेको आरोप लगाए ।

सरकारले जनसरोकारका विषयहरूलाई नजरअन्दाज गरेको र जनताका समस्याप्रति चरम लापरवाही देखाएको उनको तर्क छ । सरकार सञ्चालनका क्रममा दुईवटा खम्बा-संविधान र लोकतान्त्रिक मूल्यलाई बिर्सन नहुनेमा जोड दिए ।

उनले भने, ‘ट्रेड युनियन र विद्यार्थीहरूको सङ्गठित अधिकार विश्वव्यापी रूपमा लोकतन्त्रवादी र कम्युनिस्ट दुवैले स्वीकार गरेको मान्य अभ्यास हो । तर वर्तमान सरकार यी अधिकारहरूको विरुद्धमा उभिनु विडम्बनापूर्ण छ । जनताबाट निर्वाचित सरकार सधैँ संविधानको मार्गदर्शनमा चल्नुपर्छ, तब मात्र देश सही दिशामा अगाडि बढ्न सक्छ ।’

पछिल्लो समय सरकारले संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै उनले आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्