
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह नियुक्त भएका छन् । दलका नेता भीष्मराज आङ्देम्बेले कपिलवस्तु–३ बाट निर्वाचित सांसद शाहलाई बुधबार उपनेता नियुक्त गरेका हुन् ।
त्यस्तै प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निष्कल राईलाई नियुक्त गरिएको पनि दलको कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
‘धारा ७ (१) बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा माननीय अभिषेक प्रताप शाह, धारा १३ (२ं) बमोजिम मुख्य सचेतकमा माननीय वासना थापा र धारा १३ (३) बमोजिम सचेतकमा माननीय निष्कल राईलाई मनोनयन गर्नु भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।











