Logo
Logo

चक्रपथ विस्तारको लागि चीनले थप ११ अर्ब दिने सम्झौता


1k
Shares

काठमाडौं । दोस्रो चरणमा चक्रपथ विस्तारका लागि चीनले थप ११ अर्ब दिने भएको छ । भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच आज ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार, चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यसै परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको हो ।

यसअघि सन् २०१९ देखि सुरु गरिएको पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ ।

मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । उनले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार विकासमा चीन सरकारबाट थप लगानीको अपेक्षा व्यक्त गरे ।

चिनियाँ राजदूत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताएको मन्त्री लम्सालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्