
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् । उनले बुधबार झापाको मेचीनगर–९ स्थित आफ्नो वडाको पार्टी कार्यालय पुगेर क्रियाशील सदस्यता अद्यावधिक गरेका हुन्।
उनको क्रियाशील सदस्यता पार्टीका वडा सभापति उद्धव बानियाँले अद्यावधिक गराएका थिए । सदस्य अद्यावधिक गर्ने क्रममा शर्माले पार्टीको संगठन सुदृढीकरण र नवीकरण अभियानमा सहभागी हुन सबै कार्यकर्तालाई आग्रह समेत गरे ।











