Logo
Logo

महान्यायाधिवक्ता विरुद्धको रिट न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा


882
Shares

काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर तीन वटा रिटमा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

अधिवक्ताहरू माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिवराज बरालले महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।

यसअघि अधिवक्ता माधवकुमार बस्नेतले पेस भएको रिट सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कँडेललाई २०८२ चैत २२ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । रिटमा कडेलको संवैधानिक योग्यतामाथि प्रश्न उठाइएको छ ।

निवेदकहरूले डा. नारायणदत्त कँडेलको योग्यता नेपालको संविधानको धारा १५७९३० र १२९९५० बमोजिम नपुगेको दाबी गरेका छन् । मिति २०८२ चैत २२ गते गरिएको महान्यायाधिवक्ताको नियुक्ति र सोही दिन गराइएको शपथलाई उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।

साथै, मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल डा. कँडेललाई महान्यायाधिवक्ताको हैसियतमा कुनै काम नगर्नु–नगराउनु भनी अन्तरिम आदेश समेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्