Logo
Logo

बालाजु क्षेत्रका घर-टहरा पनि भत्काइयो


630
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजु क्षेत्रको खोला किनारमा बनाइएका घर टहरा पनि भत्काइएको छ । सो क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी अनाधिकृत रूपले बनाइएका घर टहरा भत्काउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको थियो । सो सूचना अनुसार काठमाडौं महानगरपालिकाले माइकिङ गर्दै ठाउँ खाली गर्न भनेको थियो ।

The current image has no alternative text. The file name is: balaju.jpg

घर भत्काउने पूर्वसूचना पाएपछि कतिपयले घरमा रहेका लत्ताकपडा, भाँडाकुँडा र फर्निचर निकालेर सारेका थिए । आजै काठमाडौं महानगरपालिका वडा नम्बर १४ को बल्खु क्षेत्र र वडा नम्बर ११ को वंशीघाट क्षेत्र (टेकु नजिक)मा बनाइएका अनाधिकृत रूपले बनाइएका घर टहरामा पनि डोजर प्रयोग गरी भत्काइएको छ ।

आजै काठमाडौं महानगरपालिका वडा नम्बर १५ को स्वयम्भु, वडानम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामा पनि डोजर चलाइने भएको छ ।

सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाएको थियो । बाँकी ठाउँमा आजबाट डोजर लगाउन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्