Logo
Logo

प्रविधि न्यायको साधन हो, विकल्प होइन : कायममुकायम प्रधानन्यायाधीश


315
Shares

काठमाडौं ।  कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्याय सम्पादन र न्यायमा पहुँच सुनिश्चित गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक प्रभावकारी साधन हुनसक्ने भएपनि न्यायको विकल्प नहुने बताइन् । 

The current image has no alternative text. The file name is: sapana-pradhan-malla.jpg

युवा कानुन व्यवसायीहरूद्वारा आयोजित एक कार्यक्रममा उनले प्रविधिको प्रयोग गर्दा न्यायको मानवीय संवेदना र विवेकलाई बिर्सन नहुने बताइन् । काममुकायम प्रधानन्यायाधीश मल्लले एआईले प्रणालीलाई थकित हुन नदिने र कार्यक्षमता बढाउने भएपनि यसलाई मानवीय नियन्त्रण र विवेकको परिधिभित्रै राख्नुपर्ने बताइन् । 

उनले आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै कायममुकायम प्रधानन्यायाधीशले एआईले कानुनी अनुसन्धान, नजिरहरूको खोजी र फैसला लेखनका क्रममा एउटा खाका (फ्रेमवर्क) तयार गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताइन् । 

उनले ब्राजिलको न्यायपालिकामा प्रयोग भइरहेको ‘भिक्टर’ नामक एआई प्रणालीको उदाहरण दिँदै नेपालमा पनि मुद्दा दर्तामा हुने दोहोरोपना हटाउन र न्यायिक प्रशासनलाई चुस्त बनाउन प्रविधिको उच्चतम प्रयोग गर्न सकिने बताइन् । प्रविधिको फाइदाका साथै यसका जोखिमहरूबारे पनि सचेत रहनुपर्ने उनको भनाइ थियो । विशेष गरी ‘डिजिटल डिभाइड’, अल्गोरिदममा हुनसक्ने पूर्वाग्रह ९बायस०, गोपनीयताको हक र उत्तरदायित्वका प्रश्नहरूमा गम्भीर हुनुपर्ने उनले बताइन् । 

युनेस्को र भारतले एआईको प्रयोगका लागि जारी गरेका मार्गदर्शनहरूको सन्दर्भ उल्लेख गर्दै उनले नेपालले पनि ‘ह्युमन सेन्ट्रिक एप्रोच’ (मानव केन्द्रित दृष्टिकोण), पारदर्शिता र जबाफदेहितालाई आत्मसात गर्नुपर्नेमा जोड दिइन् । 

नयाँ पुस्ताका कानुन व्यवसायीहरू प्रविधिमैत्री रहेकोमा खुसी व्यक्त गर्दै उनले न्यायपालिकालाई प्रविधिमैत्री र नवप्रवर्तनकारी बनाउन युवाहरूको साथ आवश्यक रहेको बताइन् । 

प्रतिक्रिया दिनुहोस्