Logo
Logo

सरकारले जनताको अधिकार खोस्न थाल्यो : माधव नेपाल


315
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले वास्तविक सुकुमवासीको पहिचान नै नगरी डोजर चलाएकोप्रति आपत्ति जनाएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले सुकुमवासीको पहिचान नै नगरी डोजर चलाएर बालेन शाह नेतृत्वको सरकारले जनताको अधिकार खोस्न थालेको बताएका छन् ।

उनले भने, ‘सुकुमबासीको पहिचान नगरी, वैकल्पिक व्यवस्था नै नगरी दमन गर्ने कामलाई जायज भन्न सकिँदैन । यो सरकारले एकपछि अर्को गर्दै जनविरोधी काम गरिरहेको छ । जनताको बास बस्ने अधिकारलाई खोसिरहेको छ। त्यसैले हामीले सरकारलाई सावधान गर्नुपर्छ ।’

सरकारको सुरुआती कामबाटै लक्षण राम्रो नदेखिएको उनको भनाई छ । ‘भावना पवित्र छ भने चाल्ने कदम पनि उचित र जायज हुनुपर्छ, नाजायज होइन,’ उनले भने, ‘अहिले नै हामी आरोप लगाइरहने पक्षमा छैनौँ। मौका दिन चाहन्छौँ, जनविरोधी काम नगर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्