Logo
Logo

आज हटाइएका सुकुम्वासीलाई ५ स्थानमा राखिने


252
Shares

काठमाडौं । आजदेखि सरकारले दोस्रो चरणमा सुकुम्वासी बस्ती हटाउन थालेको छ । काठमाडौं महानगरको डोजरले आज बिहानैदेखि बल्खु, वंशीघाट, बालाजु, शंखमुल, बुद्धनगरलगायतका क्षेत्रमा रहेका सुकुम्वासीका घर टहरा भत्काएको हो ।

ती स्थानबाट स्थानान्तरण गरिने सुकुमवासीहरूलाई पाँच स्थानमा राख्ने व्यवस्था गरिएको छ । तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी भएको छ ।

सुकुमवासीलाई अस्थायी बसोवास गर्ने स्थानमा लैजानुअघि दशरथ रंगशालामा विवरण टिपाउने कार्य भइरहेको छ । अहिलेसम्म ७२ जनाले स्वेच्छिक रूपमा रंगशाला पुगेर आफ्नो विवरण दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्