
काठमाडौं । बल्खुको सुकुम्वासी बस्ती नजिक खोलामा एक व्यक्ति मृत फेला परेका छन् । शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका ६१ वर्षीय ईन्द्रबहादुर राई दिउँसो बल्खु खोलामा मृत भेटिएका हुन् ।
राइकी पत्नी सरिता राईले बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किएको र अहिले मृत अवस्थामा भेटिएको बताइन् । स्थानीयका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा १६/१७ वर्षदेखि बस्दैआएको थियो ।
उनी बल्खुस्थित सब्जीमण्डीमा काम गर्ने गरेको पनि स्थानीयले बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











