काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.धनश्याम भट्टराईले राजीनामा दिएका छन् । शनिवार भट्टराईले पदबाट राजीनामा दिएका हुन् ,

त्रिभुवन विश्वविद्यालयका तत्कालीन कुलपतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराईलाई नियुक्त गरेका थिए ।
बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले पुर्ववर्ती सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरूको खारेजी गर्ने तयारी गरेको छ । सोही अनुसार तयार पारिएको अध्यादेश सरकारले राष्ट्रपति कार्यालय पठाएको थियो । सो अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले आज जारी गरिसकेका छन् ।
यसअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा दीपक अर्यालसहितका पदाधिकारीले पनि राजीनामा दिइसकेका छन् । यसैगरी, संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा।डा। धनेश्वर नेपालले पनि राजीनामा दिएका थिए ।











