Logo
Logo

सत्य लेखेकै आधारमा कोही पनि डराउनु पर्दैन : गगन थापा


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै सभापति थापाले  लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस भए पनि आजको बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको बताए । 

The current image has no alternative text. The file name is: gagan-2.jpg

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज विश्व प्रेस स्वतन्त्रता दिवस । लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो। तर आजको बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको छ । कतिपय अवस्थामा देखिने असुरक्षा र दबाबका बीच पनि सत्यको पक्षमा उभिनुहुने सञ्चारकर्मी साथीहरूमा हार्दिक सम्मान !’

सभापति थापाले प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको विरुद्ध नभई यो नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि भएको बताए । उनले सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको दायित्व भएको बताए । 

‘प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको विरुद्ध होइन, यो त नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि हो । सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो,’ उनले भने, ‘सम्पूर्ण सञ्चारकर्मी साथीहरूमा ‘विश्व प्रेस स्वतन्त्रता दिवसु को हार्दिक शुभकामना ।’

प्रतिक्रिया दिनुहोस्