Logo
Logo

नारायणगढ-मुग्लिन सडकको तुइन खोलामा पहिरो


315
Shares

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डमा वर्षाका कारण पहिरो खस्दा सवारी साधन आवागमन प्रभावित भएको छ ।

The current image has no alternative text. The file name is: mugling.jpg

उक्त सडकखण्डको तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रूपमा अवरुद्ध भएको हो ।

बिहान ५ः४५ बजे पहिरो खसेपछि सडकमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको छ । 

डिभिजन सडक कार्यालय भरतपुरसँग सडकको पहिरो हटाउन डोजर मगाइएको छ । पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ ।पानीधारमा भने सडकमा खसेका ढुङ्गा हटाइसकिएको छ । 

प्रतिक्रिया दिनुहोस्