Logo
Logo

राज्यले क्रूर र कठोर व्यवहार गर्न मिल्दैन : भीम रावल


378
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्वगृहमन्त्री डा.भीम रावलले राज्यको मुख्य दायित्व सीमा सुरक्षा, विपन्न, कमजोर र निमुखा जनताको कल्याण तथा संरक्षण रहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: bhim-1.jpg

रावलले फेसबुकमा लेखेका छन्, ‘राज्यको आवश्यकता नै मुख्य रूपमा सीमाको सुरक्षा, कमजोर, विपन्न र निमुखाहरूको कल्याण, रक्षा तथा जनताको सुरक्षा गर्नको लागि हो ।’ उनले राज्य वा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेहरूमाथि कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । तर एकैसाथ विपन्न, घरबारविहीन, बालबालिका, वृद्ध, बिरामी र गर्भवती महिलाप्रति कठोर र निर्मम व्यवहार गर्न नहुने स्पष्ट पारेका छन् ।

‘लोकतान्त्रिक र जनताप्रति उत्तरदायी सरकारले विपन्न, निमुखा, कमजोर र घरबारविहीनहरूप्रति कठोर तथा बालबालिका, वृद्ध, बिरामी, गर्भवतीहरूप्रति निर्मम व्यवहार गर्न मिल्दैन’, गर्नु हुँदैन, रावलले भनेका छन्, ‘त्यस्तो क्रूर र कठोर व्यवहार जनविरोधी र मानव हृदयविहीन राज्य वा व्यक्तिबाट मात्र हुनसक्छ ।’

उनले इतिहास, राजनीति र समाजमा स्थापित यस मान्यतालाई सबैले बुझ्न र हृदयङ्गम गर्नुपर्ने बताएका छन् । रावलले सरकारले सार्वजनिक सम्पत्ति अतिक्रमण हटाउने अभियान चलाएको सन्दर्भमा सो प्रतिक्रिया दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्