Logo
Logo

धोबीखोला करिडोरको ७ तले घर भत्काउन दुईवटा डोजर पुग्यो


0
Shares

काठमाडौं । धोबीखोला कोरिडोरमा रहेको साततले घर भत्काउन लागिएको छ । सरकारी जग्गाको केही क्षेत्र अतिक्रमण भएको भन्दै आजै घर भत्काउन लागिएको हो । अहिले प्रहरी र नगरप्रहरी व्यापक संख्यामा परिचालित गरिएका छन् ।

थुप्रै व्यवसायहरू सञ्चालन भइरहेको उक्त घरबाट प्रहरीले धमाधम सामान निकालिरहेको छ । घर भत्काउनका लागि दुईवटा डोजर पनि पुगेको छ ।

यो भवमा रेस्टुरेन्ट, स्पा, कन्सल्टेन्सी लगायत थुप्रै व्यवसायहरु सञ्चालनमा रहेका छन् । घर धनीले आफूसँग जग्गाको लालपूर्जा रहेको बताउँदा बताउँदै पनि काठमाडौं महानगरपालिकाले घर भत्काउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्