Logo
Logo

जोखिमयुक्त बस्तीहरूको स्थानान्तरणका क्रममा छुटेकालाई सम्पर्कमा आउन आह्वान


252
Shares

काठमाडौं । सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेकालाई सम्पर्कमा आउन आह्वान गरेको छ ।

The current image has no alternative text. The file name is: Sahari-Bikash-Mantralaya-Ministry-of-Urban-Development.jpg

सहरी विकास मन्त्रालय एक विज्ञप्ति जारी गर्दै स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेको हो । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रङ्गशालामा उपस्थित भई दर्ता गर्न अनुरोध छ । ’

वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन तथा होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गर्ने प्रबन्ध सरकारले मिलाएको विज्ञप्तिमा उल्लेख छ ।

‘उक्त होल्डिङ सेन्टरमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायतका आधारभूत सेवाहरू उपलब्ध गराइएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

वास्तविक भूमिहीन तथा आर्थिक अवस्थाका कारण स्व व्यवस्थापन गर्न असमर्थ नागरिकलाई दशरथ रङ्गशालास्थित प्राथमिक दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा उपलब्ध गराइने सेवा सुविधाको लाभ लिन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्