Logo
Logo

सागर ढकालले लिए रास्वपा केन्द्रीय सचिवालय सदस्यको शपथ


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले केन्द्रीय सचिवालय सदस्यको रूपमा शपथग्रहण गरेका छन् । पार्टी सभापति रवि लामिछानेले आइतबार ढकाललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

अहिले पार्टी सचिवालय बैठक बसिरहेको छ । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि २०८३ सम्बन्धमा छलफल भइरहेको छ ।

साथै संसदीय दलको विधान संशोधन तथा समसामयिक विषयममा छलफल भइरहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्