Logo
Logo

तालिम गरिरहेका सशस्त्र प्रहरी जवानको मृत्यु


1.1k
Shares

काठमाडौं । कैलालीमा सशस्त्र प्रहरीका प्रशिक्षार्थी जवानको मृत्यु भएको छ । सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालय बनबेहडामा तालिम गरिरहेका प्रशिक्षार्थी जवान महेश महताको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

बडिमालिका जवान तालिम शिक्षालयकाअनुसार आइतबार राति साढे १ बजेतिर टाउको र छाती दुख्न थालेपछि महतालाई उपचारका लागि अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा चिकित्सकले विहान सवा ५ बजेतिर मात्रै महतालाई मृत घोषणा गरेको सशस्त्र प्रहरीको बडिमालिका शिक्षालयले जनाएको छ ।

दार्चुलाको नौगाड गाउँपालिका–१ घर भएका उनी फागुनदेखि सशस्त्र प्रहरीको बडिमालिका तालिम शिक्षालयमा प्रशिक्षार्थी जावनका रुपमा तालिम गरिरहेका थिए । स्वस्थ अवस्थामा महता एक्कासी बिरामी परेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनका परिवारका सदस्य आएपछि मात्रै शव परीक्षण लगायतको प्रक्रिया अघि बढाइने प्रहरीको तयारी छ । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्