काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिलको साततले क्षेत्रमा बनाइए घर तथा अन्य संरचनाहरूमा पनि डोजर चलाएर भत्काएको छ ।

सार्वजनिक जग्गा मिचेर अनधिकृत रूपमा बनाइएका संरचना हटाउने क्रममा साततले क्षेत्रमा महानगरपालिकाले डोजर चलाएको हो ।
सो क्षेत्रमा पक्की ठूला बिल्डिङहरु समेत बनेका थिए । ती सबै घरहरूमा सुरक्षाकर्मी परिचालन गरी भत्काउने काम जारी छ ।
यसअघि महानगरपालिकाले थापाथली, गैह्रीगाउँ, मनोहरा, अनामनगर, शंखमुल, बुद्धनगर, टेकु, स्वयंभू, बालाजु लगायतका विभिन्न स्थानमा पनि डोजर लगाएर भत्काइएको छ ।












