
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको छ ।
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनको नाममा कर्मचारीहरूले इन्धन दुरुपयोग गरेको भन्ने आरोप लागेपछि मन्त्रालयले सहसचिवस्तरको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिले जलेका सवारी साधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धन अभिलेख (अर्धकट्टी), भुक्तानी विवरणलगायत सम्बन्धित कागजातहरूको अध्ययन तथा विश्लेषणका आधारमा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको हो ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै अपुष्ट तथा भ्रम फैलाउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न सबै सञ्चार माध्यम तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।













