Logo
Logo

कांग्रेसको भातृ संगठन नेपाल दलित संघका अध्यक्षले दिए राजीनामा


630
Shares

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा दिएका छन् । उनले सोमबार सभापति गगनकुमार थापासमक्ष राजीनामा बुझाएका हुन् ।

अध्यक्ष विश्वकर्माले आफ्नो पारिवारिक र शारिरिक समस्याका कारण पदमा रहेर जिम्मेवारी पूरा गर्न असमर्थ रहेकाले राजीनामा दिनुपरेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । केही दिन अघि नेपाल तरूण दलका अध्यक्ष विद्धान गुरुङले पनि सभापति थापासमक्ष राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्