काठमाडौं । सरकारले सशस्त्र प्रहरीको डिआइजी बढुवामा बरियता मिचेको आरोप छ । उता, एआइजीको रिक्त पदमा पनि के हुने हो भन्दै अनेकौं आशंकाहरू जन्मिएका छन् । अहिले सशस्त्र प्रहरीमा एक एआइजी पद रिक्त रहेको छ ।

डिआइजीहरू सुरेश श्रेष्ठ, अञ्जनी पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा, प्रदीप पाल, मनोज थापा लगायत एआइजीमा प्रतिस्पर्धी रहेका छन् । तर सरकारले डिआइजी बढुवाका लागि कार्यसम्पादन मूल्यांकन तथा वरियतालाई लत्याएपछि सुरक्षा अंगमा अनेकन आशंकाहरु जन्मिएका हुन् । डिआइजी बढुवा गर्न नियमावलीमा भएको ब्यबस्था लाई समेत पुरै लत्याइएको छ ।
२०७८ मंसिरमा एसएसपी भएका प्रबिण कँडेल, दिगविजय सुवेदी, किरण बस्नेत र माधब पौडेललाई डिआइजी बनाउँदा सोही लटमा बढुवा भएका मध्ये ३ नम्बरका भुपेन्द्र केसी,४ नम्बरका कमल तिम्सिना, ५ नम्बरका निरकृष्ण अधिकारी, ६ नम्बरका सुधिरजंग थापालाई छुटाइएको छ ।
साथै, एउटै पत्रले कन्फम भएका ९ नम्बरका उद्धब न्यौपाने, १० नम्बरका राजेन्द्र खड्का , ११ नम्बरका नरेन्द्र सेन, १२ नम्बरका किरण ढुंगाना र १३ नम्बरका शंकर खनाललाई छुटाइएको छ । त्यो लटमा एसएसपी भएका मध्ये १ नम्बरका प्रबिण कँडेल, २ नम्बरका दिग्बिजय सुवेदी , ७ नम्बरका किरण बस्नेत र ८ नम्बरका माधब पौडेललाई बढुवा गरिएको छ ।
त्यस बाहेक डिआइजी बनाइएका २ जना कार्यक्षमता र कमान्ड कमजोर भएका र अघिल्लो टोली भन्दा २१ महिना पछि २०८० सलमा एसएसपी भएका राजेश उप्रेती र नेत्र कार्की बढुवा गरेर संगठनको विधि पद्धति र कार्यसम्पादनलाई पूरै बेवास्ता गरिएको छ ।
अझ बिडम्बनाको कुरा त के छ भने २१ महिना जुनियर मध्येबाट पनि १ नम्बरको राजेश उप्रेतीलाई डिआइजी बनाउँदा त्यसपछि बरियतामा रहेका रविनराज कर्णजित र भरत खनियालाइ छुटाएर नेत्र कार्कीलाइ बढुवा गरिएको छ । जेष्ठता, कार्यकुशलता र ४ बर्षको कार्यसम्पादन मूल्यांकनको ख्याल नगरी बेशिक तालिममा आएको ग्रेडिङको आधारमा बढुवा गरिएपछि फिल्डमा काम किन गर्नुपर्यो भन्ने प्रश्न उठेको छ ।
जबकि बेशिक तालिमको ग्रेडिङलाइ नियमावलीले चिन्दैन । अझ बढुवा लटनै फरक २१ महिना जुनियरलाइ बढुवा गरेर सरकारले यस अघिका सरकारको बन्दा बढी बिकृती देखाएको छ । पहिले बरु एउटै लटका मध्ये बाट कार्य सम्पादन हेरि बढुवा गरिन्थ्यो । तल–माथि भए पनि लट भित्रै हुन्थ्यो । तर अहिले त सुरक्षा संगठननै अस्तब्यस्त हुने गरि शक्ति र सत्ता लाई प्रभाबमा पारेर स्थापित मापदण्ड भन्दा बाहिर गएर संगठन प्रमुखको समेत राय नलिइ एकोहोरो दवाब दिएर बढुवा गरिएको छ । जुनियर लटकोलाई कुन आधारमा तानिएको हो भन्ने संगठनसँग कुनै तर्कसमेत छैन ।
अर्कोतर्फ, एसएसपी बढुवा पनि त्यस्तै छ । २०७५ मा एसपी भएकालाई छुटाएर २०७७ मा एसपी भएकाहरू बढुवामा परेका छन् । बढुवा हुने दिपक कुमार थापा, सुधिर सुवेदी, प्रकाश सुवेदी, महेश केसी र सुवास भण्डारी अघिल्लो लटका भए पनि उनीहरू सँगै एउटै पत्रले बढुवा भएका र १ नम्बरका महेश अधिकारी सहित १३ जनालाई छुटाएर २ बर्ष जुनियर चित्रांगत दाहाल र प्रदिप सिहं कार्कीलाई बढुवा गरिएको छ । त्यही लटमा पनि कार्की भन्दा सिनियर र काबिल मानिएका गगन श्रेष्ठ , बिक्रम हुमागार्इँ र राजकुमार लामिछने बढुवामा परेनन् । उनीहरूको कार्यसम्पादन र मूल्यांकनलाई पानीमा बगाइएको भन्दै सशस्त्र प्रहरीमा चरम असन्तुष्टि बढेको छ ।












