Logo
Logo

पर्यटन मन्त्रालय मातहतका ३३ पदाधिकारी पदमुक्त (सूचीसहित)


630
Shares

काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत ३३ जना पदाधिकारीहरूलाई एकसाथ पदमुक्त गरेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा २ को उपदफा (१) बमोजिम मन्त्रिपरिषद्बाट नियुक्त भएका पदाधिकारीहरूलाई हटाइएको जानकारी दिएको हो ।

विज्ञप्ति अनुसार यी पदाधिकारीहरू २०८३ वैशाख १९ गतेदेखि लागू हुने गरी स्वतः पदमुक्त भएका हुन् । मन्त्रालयले अध्यादेशको नयाँ व्यवस्था अनुसार मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त भएका यी पदाधिकारीहरूलाई हटाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्