
काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा प्रकाश बरालले जिम्मेवारी पाएका छन् ।
यसअघिका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेपछि यो पद रिक्त थियो । गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार सचेतक बराललाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।
२ वैशाखमा मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका थिए । पाण्डेले एमालेसहितको सरकारका मन्त्री हेरफेर गर्दा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद ऊर्जा मन्त्रीमा नियुक्त भएका थिए । नेता पाण्डेले मंगलबार प्रमुख सचेतकको जिम्मेवारी बराललाई दिएसँगै सचेतक पद रिक्त छ ।












