
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतबाट निरूपण भएपछि आज पहिलोपटक दुई नेताबीच भेटवार्ता भएको हो ।
उनीहरूबीच विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा एक घण्टा छलफल भएको बताइएको छ । कोइरालाको सचिवालयले भेटवार्ताको पुष्टि गरे पनि छलफलको विषय भने खलाएको छैन ।












