Logo
Logo

बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक


126
Shares

काठमाडौं । बीपी राजमार्ग अन्तर्गतको खुर्कोट–भकुन्डेबेंसी सडकखण्ड साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार सूचना जारी गर्दै उक्त समयमा सवारी आवागमनमा पूर्ण रोक लगाएको हो ।

उक्त अवधिक पश्चात पनि वर्षा, रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अलपकालीन अवधिका लागि रोक लगाउन सकिने प्रशासनले जारी गरेको विज्ञप्तमा उल्लेख छ ।

बीपी राजमार्गको कटुन्जेबेंसी (काभ्रे)–नेपालथोक (सिन्धुली) सडकखण्डमा यात्रा गर्नुपूर्व सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

सोमबार राति रोशी खोलामा एक्कासी बाढी आउँदा बीच खोलामा ४ वटा माइक्रो बसमा सवार ८९ जना यात्रुहरू फसेका थिए । ती सवारी साधन र यात्रीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्