Logo
Logo

वीर अस्पतालका निर्देशक डा. शर्माले दिए राजीनामा


63
Shares

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका छन् । डा. शर्माले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएका हुन् । यद्यपी स्वास्थ्य मन्त्रालयले उनको राजीनामा स्वीकृत गरिसकेको छैन ।

सरकारले यसअघि भएका नियुक्ति खारेज गर्न अध्यादेश ल्याएको थियो । अध्यादेश अनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान (वीर अस्पताल) का पदाधिकारी पदमुक्त भइसकेका छन् ।

अध्यादेशका आधारमा उनी पदमुक्त भने भएका थिएनन् । तर, सरकारले ल्याएको अध्यादेशको मर्मअनुसार आफूले राजीनामा दिएको डा. शर्माले बताए । डा. शर्माले समेत राजीनामा दिएपछि वीर अस्पताल नेतृत्वविहीन अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्