Logo
Logo

लाली बजारलाई प्रदर्शनको बाटो खुल्यो


693
Shares

काठमाडौं । चलचित्र लाली बजार प्रदर्शनको बाटो खुलेको छ । उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको भन्दै चलचित्र प्रदर्शनको बाटो खुला गरिदिएको हो ।

The current image has no alternative text. The file name is: Lali-Bajar.jpg

‘…रिट निवेदनमा माग गरेको विषयवस्तुमा अन्तिम सुनुवाइ हुँदा विचार हुन सक्ने अवस्था देखिएकाले हाल यस अदालतबाट वैशाख १५ मा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था देखिएन,’ आदेशमा उल्लेख छ ।

गत १५ गते अदालतले प्रदर्शन रोक्न आदेश दिएको थियो । अदालतको आदेशपछि १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको प्रदर्शन अनिश्चित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्