काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा ढुङ्गा खस्न रोखिएपछि दुई तर्फी नै गाडी चल्न थालेका छन् ।

तुईन खोला नजिकै माथिबाट ढुङ्गाहरू झर्दा विगत केही दिनदेखि सवारी साधन एकतर्फी मात्रै सञ्चालन गरिएको थियो ।
बिहीबार बिहानदेखि तुइनखोलमा दुईतर्फी नै सवारी सञ्चालन सुरु भएको हो । तुइनखोला पुल नजिकै ढुङ्गाहरू खस्दा गएको बर्खामा पनि यो सडक पटकपटक अवरुद्ध भएको थियो ।












