Logo
Logo

स्वास्थ्य क्षेत्रमा ऐतिहासिक फड्को, ३४ वर्षपछि ९७७ नयाँ स्थायी दरबन्दी थपिँदै


504
Shares

काठमाडौं । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य सेवामा ठुलो संख्यामा जनशक्ति थप गरिँदै छ ।

निशा मेहता स्वास्थ्यमन्त्री बनेपछि स्वास्थ्य सेवामा ३ दशकयताकै ठुलो संख्या ९७७ नयाँ स्थायी दरबन्दी थपका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको हो ।

स्वास्थ्यमन्त्री मेहताको नेतृत्वमा अघि बढेको यो निर्णय मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी छ । सम्भवतः अब बस्ने मन्त्रिपरिषद बैठकले यो निर्णय स्वीकृत गर्ने उनको सचिवालयले जानकारी दिएको छ । देशको जनसंख्या ३ करोड पुग्दा पनि ३४ वर्षदेखि स्थायी दरबन्दीको ढाँचा पुरानै संयन्त्रमा खुम्चिएको थियो ।

तीन दशकको रिक्ततापछि अहिले ९७७ नयाँ प्राविधिक तथा विशेषज्ञ पद सिर्जना गरिनु नेपालको इतिहासमा पहिलोपटक स्वास्थ्य सेवालाई आधुनिक र जनमैत्री बनाउने जग बसाल्ने निर्णायक कदम भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार यसअघि अन्तिमपटक २०४८ सालमा ठुलो स्तरमा दरबन्दी सिर्जना गरिएको थियो, जतिबेला देशको जनसंख्या १ करोड ८० लाख मात्र थियो ।

प्रतिक्रिया दिनुहोस्