Logo
Logo

रविकिरणले छाडे राप्रपा


1.4k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेता रविकिरण हमालले पार्टी परित्याग गरेका छन् । यहि वैशाख ११ गते लोकतन्त्र दिवसका दिन पार्टीको केन्द्रीय सदस्यबाट उनले राजीनामा दिएका हुन् ।

हमाल २०८० साल जेठमा एमाले त्यागेर राप्रपा प्रवेश गरेका थिए । त्यसको एक वर्षपछि नै उनी पार्टीको केन्द्रीय सदस्य बनो थिए । २०८१ सालमा राप्रपाले ४० वर्षमुनिका २० जना युवालाई खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा छनोट गरेको थियो । यो सूचीमा पर्दै हमाल २६ वर्षकै उमेरमा राप्रपाको केन्द्रीय कमिटीमा पुगेका थिए ।

राप्रपाभित्र आशालाग्दा युवा नेताका रूपमा उनलाई लिने गरिन्थ्यो । गत जेनजी आन्दोलनमा उनी व्यक्तिगत तवरबाट सक्रियरूपमा सहभागी भएका थिए । उनी जेनजी आन्दोलनको नेतृत्वकर्तामध्ये एक थिए । त्यसबेला उनलाई सामाजिक सञ्जालमा निकै प्रहार भयो । आन्दोलनमा घुसपैठ गरेको भन्दै उनी पक्राउसमेत परे । त्यतिबेला राप्रपाले आफ्नोे प्रतिरक्षा नगरेको हमालको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्