काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा आपत्ति जनाएका छन् । साम्पाङले वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै आपत्ति जनाएका हुन् ।

साम्पाङले सरकारको ठूलो असफलताका कारण यो निर्णय लिइएको बताए । उनले प्रधानन्यायधीशको नियुक्तिमा वरीयताको ख्याल राखियो कि राखिएन भन्दै प्रश्न समेत गरेका छन् । उनले बालेन्द्र शाह सरकारलाई ‘नीतिगत भ्रष्टाचारी सरकार’ समेत भनेका छन् ।
वरीयताले चौथो भनिने मानिने व्यक्तिलाई प्रधान न्यायाधीश बनाउनु सरकारको अर्को ठूलो असफलताको कारण! अध्यादेशको औचित्य पुष्टि गरेको यही होला ! चुपचाप घण्टी छापको करामत !’ सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘प्रधानन्यायधीशको नियुक्तिमा वरीयताको ख्याल राखियो कि राखिएनरु यही गर्नलाई संसद् छलेर अध्यादेश ल्याको हो ! नीतिगत भ्रष्टाचारी सरकार !’












