Logo
Logo

इरानको नियन्त्रणमा रहेका नेपाली क्याप्टेन अमृत झाको रिहाइ प्रक्रिया जारी


252
Shares

काठमाडौं । सरकारले इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

The current image has no alternative text. The file name is: jha.jpg

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा झा अझै इरानी सेनाको नियन्त्रणमा रहेको र कानुनी प्रक्रिया पूरा हुन बाँकी रहेको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल ले इरानको पछिल्लो जटिल परिस्थितिका कारण रिहाइ प्रक्रिया ढिलाइ भएको बताए । उनका अनुसार सरकारले झाको रिहाइका लागि सम्बन्धित निकाय तथा परिवारसँग निरन्तर समन्वय गरिरहेको छ ।

अमृत झा इरानको बन्दर अब्बास बन्दरगाह हुँदै दुबई फर्किने क्रममा इरानी रेभुलेसनरी गार्डद्वारा नियन्त्रणमा परेका थिए। उनी दुबईस्थित एक पानीजहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत थिए र तेल बोकेर फर्किने क्रममा फारसी खाडीको होर्मुज स्ट्रेट क्षेत्रमा पक्राउ परेका हुन् ।

इजरायल-अमेरिका र इरानबीच तनाव चर्किनुअघि इन्धन ढुवानीका लागि इरान पुगेका झाको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्