Logo
Logo

मीना खरेल नेपाल महिला संघको अध्यक्षमा चयन


0
Shares

काठमाडौं । नेपाल महिला संघको अध्यक्षमा मिनाकुमारी खरेल चयन भएकी छन् ।

The current image has no alternative text. The file name is: mina-kharel.jpg

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार खरेललाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ । कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उनीलाई संगठन सुदृढीकरण र महाधिवेशन तयारीको कार्यादेश समेत दिइएको छ ।

चितवनकी खरेल पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनेकी थिइन्, जहाँ उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग पराजित भएकी थिइन् ।

नयाँ जिम्मेवारीसँगै खरेललाई आगामी फागुन १५ भित्र महाधिवेशन गर्ने, संगठनलाई पूर्णता दिने र सबै तहका समितिहरू पुनर्गठन गर्ने कार्यादेश दिइएको छ । आवश्यक परेमा पदाधिकारी तथा उपसमिति गठन गर्न सक्ने अधिकार पनि उनलाई दिइएको छ ।

त्यसैगरी, केन्द्रीय निर्वाचन समितिसँग समन्वय गर्दै साउन १ भित्र महाधिवेशनको विस्तृत कार्यतालिका तयार पार्ने र सांगठनिक संरचना पूर्ण गर्ने निर्देशन पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्