Logo
Logo

संविधानभन्दा माथि कोही छैन : कामु प्रधानन्यायाधीश


882
Shares

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संविधानवाद र संवैधानिक नैतिकता भन्दा माथि कोही पनि नहुने बताएकी छन् ।

The current image has no alternative text. The file name is: sapana-malla.jpg

कानुन दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउनुको विकल्प नभएको बताइन् ।

उनले भनिनन्, ‘निश्चय पनि संविधान, संविधानवाद र संवैधानिक नैतिकता भन्दा माथि कोही पनि छैन । कोही पनि हुन सक्दैन । संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउनुको विकल्प पनि छैन ।’ तर, कानुनी राज्यको असमान प्रयोगको जग बसाल्न त प्रयास भइरहेको छैन भन्ने प्रश्न उठिरहेकोप्रति उनले चिन्ता व्यक्त गरिन् ।

‘कतै अख्तियारी र विधिको प्रयोगको बाहनामा संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायको सार्वभौमसत्तामा यसका आधारहरू र प्रत्याभूतिहरू शिथिल र अर्कमण्य बनाएर आज्ञाकारी न्यायपालिकाको र कानुनी राज्यको असमान प्रयोगको जग बसाल्न त प्रयास भइरहेको छैन भन्ने प्रश्न अहिले उठिरहेको छ,’ मल्लले भनिन् ।

साथै, न्यायको अन्तिम गन्तव्य बनाउनुको साटो आफ्नै स्वार्थहरूको संरक्षण गर्न मुकुण्डो बनाउने कुशित प्रयासमा त लागिरहेका छैनौं रु भन्ने प्रश्न उठेको पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्