Logo
Logo

१० लाख काँग्रेसका मतदाताले रुखमा भोट दिएनन् : गगन थापा


693
Shares

धनगढी । नेपाली कांग्रेसका सभापति गगन थापाले गत निर्वाचनमा १० लाख काँग्रेसका मतदाताले रुखमा भोट नदिएको बताएका छन् ।

The current image has no alternative text. The file name is: gagan-thapa.jpg

धनगढीमा आयोजित नेपाली कांग्रेसको सुदूपश्चिमको स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले चुनाव हारेपनि जिम्मेवारीबाट भाग्न नमिल्ने बताउँदै १० लाख काँग्रेसका मतदाताले रुखमा मत नदिएको बताएका हुन् ।

सभापति थापाले रुखमा मत नदिने काँग्रेसका नेताहरूलाई पनि तत्काल कुनै जिम्मेवारी नदिने स्पष्ट गरे ।  उनले नेतासँग असन्तुष्टि भयो भन्दैमा कांग्रेसको टिकट लिएर चुनावमा उठेको उम्मेदवारलाई भोट हाल्दिनँ भन्न पाइँदैन भन्दै अन्त भोट हाल्नेलाई जिम्मेवारी नदिने बताए ।

सभापति थापाले रास्वपाका नेता कार्यकर्तालाई सरकारको गलत कामको विरोध गर्न आग्रह गर्दै आफूहरूले पनि विगतमा आफ्नै सरकारका गलत कामको विरोध गरेको उल्लेख गरेका थिए ।

उनले सरकारका सुशासनका सन्दर्भमा गरेका सकारात्मक प्रयासलाई समर्थन गर्ने तर शक्ति र सत्ताको आडमा लोकतन्त्र नियन्त्रण गर्न खोजिए विरोध गर्ने स्पष्ट गरे । साथै उनले अव्यवस्थित भूमिहीन तथा सुकुम्वासी समस्यामा राज्य संवेदनशील हुनुपर्ने भन्दै सबैको आत्मसम्मानको रक्षा सरकारले गर्नुपर्ने बताए ।  सभापति थापाले प्रदेश सरकारहरूले प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्