काठमाडौं । काठमाडौंबाट विराटनगर जाँदै गरेको बस धनुषामा दुर्घटनामा परेको छ । दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार, आइतबार बिहान बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस धनुषाको मिथिला नगरपालिका-९, फुटबल ग्राउन्ड नजिक पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।
अर्को बसलाई ओभरटेक गर्दा अनियन्त्रित भएर बस सडकमै पल्टिए हो । दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरूलाई लालगढस्थित मोइल अस्पतालमा भर्ना गरिएको छ । बसमा ३३ यात्रु सवार रहेका छन् । अन्य यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ ।












