Logo
Logo

ई-बिडिङ ह्याकिङ प्रकरणमा २२ जनाविरुद्ध मुद्दा दर्ता


315
Shares

काठमाडौं । सरकारी वकिल कार्यालयले ई–बिडिङ प्रकरणमा २२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको छ ।
सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वलिक कार्यालयले जिल्ला अदालतमा काठमाडौंमा २२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

मुद्दा दायर भएका प्रतिवादीहरूमा शहरी तथा भवन निर्माण आयोजना धनकुटा शाखामा कार्यरत कम्युटर अपरेटर दिवाकर देउजा, भरत धामी, थुम्का निर्माण सेवा प्रालिका सञ्चालक सञ्जय भट्ट, कटुवाल कन्स्ट्रक्शन र शिवओम सप्लायर्सका सञ्चालक सागर कटुवाल, भाष्कर कटुवाल छन् ।

त्यस्तै गीताञ्जली कन्स्ट्रक्सन दुवहीका सञ्चालक जीवनकुमार दास, शिभांश निर्माण सेवाका सञ्चालक अनिल श्रेष्ठ, भिसान कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ, चपुर निर्माण सेवाका सञ्चालक अमृत बोहोरा, कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डे, आइकोन प्रालिका सञ्चालक स्वदेश पोखरेल छन् ।

कल्पवृक्ष विल्डर्सका सञ्चालक प्रकाश ढुंगाना, आशिष निर्माण सेवाका सञ्चालक ऋषिकेश गौली, केबीके कन्स्ट्रक्सनका सञ्चालक राहुलजंग कार्की, मान कन्स्ट्रक्सनका सञ्चालक नारायणप्रसाद सिटिखु, रेमिट इन्फास्ट्रक्चरका सञ्चालक इन्द्रबहादुर बोहोरा, एसके कन्स्ट्रक्सनका सञ्चालक शान्तकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ ।

दक्षिणकाली अल ओभरका सञ्चालक निरञ्जन खनाल, नन्दी कन्स्ट्रक्सनका कृष्णबहादुर खत्री, आशिष निर्माणका प्रोक्युरमेन्ट ज्योति सुवेदी, चपुर निर्माण र कल्पवृक्षका सञ्चालक सरोज दाहाल र राइजिङ पिकका सञ्चालक सुजन अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध विद्युतीय माध्यमबाट अनधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्रा अर्थात क्रिप्टो कारोबार समेत कसुर लगाइएको छ ।

सीआईबीले यो प्रकरणमा २८ फागुनमा कम्युटर अपरेटर देउजालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । सुरुमा देउजालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले अलिहेसम्म यो प्रकरणमा १३ जना छन् । बाँकीलाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गमर्भेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पु¥याई विभिन्न ठेक्काको विवरण हेरफेर हुने गरेको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्