Logo
Logo

टर्किस विमानको टायरमा आगलागी : उडान र अवतरण प्रभावित


315
Shares

काठमाडौं । टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सोमबार बिहान आगो लागेको थियो ।

The current image has no alternative text. The file name is: turks-.jpg

आगो देखिएपछि अहिले अन्तर्राष्ट्रिय र आन्तरिक उडान र अवतरण रोकिएको छ । विमानस्थल कार्यालयका अनुसार दिल्लीबाट आएको एयर इन्डिया र सारजहाबाट आएको एयर अरेबिया आकाशमै होल्ड भएका छन् । भने हिमालय एयरलायन्सको ल्हासा उडान डिले भएको छ । त्यसैगरी अधिकांश माउन्टेन फ्लाइट डिले भएका छन् ।

विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ रहेका थिए । सबै यात्रुहरूलाई सकुशल बाहिर निकालिएको थियो । अहिले विमानको प्राविधिक जाँच भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्