Logo
Logo

दैलेखको भैरवी गाउँपालिका अध्यक्ष चेक बाउन्स मुद्दामा पक्राउ


441
Shares

काठमाडौं । दैलेखको भैरवी गाउँपालिकाका अध्यक्ष रिताकुमारी शाहीलाई प्रहरी नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई शुक्रवार नियन्त्रणमा लिएको हो ।

The current image has no alternative text. The file name is: arrsted.jpg

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बैङ्किङ कसुरको आरोपमा अध्यक्ष शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । एक जना स्थानीय व्यक्तिलाई उनले दिएको ५ लाख बराबरको चेक बाउन्स भएपछि उनीविरुद्ध मुद्दा परेको थियो ।

उनलाई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।  बैङ्किङ कसुरमा मुद्दा परेपछि गाउँपालिका अध्यक्ष शाही आफैँ प्रहरीकोमा आएर उपस्थित भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । अध्यक्ष शाही नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्