Logo
Logo

बेइजिङ पुगे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प


252
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको निमन्त्रणामा उनी बुधवार साँझ बेइजिङ पुगेका हुन् ।

The current image has no alternative text. The file name is: trump-1.jpg

ट्रम्पलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पको यो करिब नौ वर्षयताको पहिलो चीन भ्रमण हो भने नोभेम्बर २०१७ पछिको दोस्रो चीन भ्रमण हो ।

ट्रम्पले समकक्षी सी जिनफिङसँग भेटवार्ता गर्नेछन् । चीनको विदेश मन्त्रालयका अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध तथा विश्व शान्ति र विकाससँग सम्बन्धित प्रमुख विषयमा गहन विचार–विमर्श हुनेछ । 

वार्तामा व्यापार, ताइवान, कृत्रिम बुद्धिमत्ता तथा इरानसँग सम्बन्धित युद्ध मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ ।

मङ्गलवार ट्रम्पले आफूले सीसँग इरानबारे ‘लामो छलफल’ गर्ने बताएका थिए । तर पनि भ्रमणको मुख्य केन्द्र व्यापार नै रहने स्पष्ट पारेका थिए ।

ट्रम्प करिब एक दशकपछि चीन भ्रमणमा गएकाले त्यसलाई आफैँमा विशेष मानिएको छ । साथै, सीसँग भेटवार्ता विश्वव्यापी भू–राजनीतिक र आर्थिक अनिश्चितता चुलिएको समयमा हुन लागेकाले पनि यसलाई चासोका साथ हेरिएको छ ।

ट्रम्प-सी शिखर वार्ता यसै वर्षको सुरुतिर हुने अपेक्षा गरिए पनि इरान युद्धका कारण ढिलाइ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्